यू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए

पाेखरा | जेठ ३०, २०८१

यू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए

पोखरा:   गण्डकी प्रदेशको पोखरामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी १० खेल सकिएका छन् ।

 

बुधबार बिहानबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ४ खेल सकिएका हुन् । पुरुषतर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले बराबरी खेलेका थिए । निर्धारित समयमा दुवैतर्फबाट स्कोर हुन नसकिएपछि बराबरीमा रोकिएको हो । 

 

पुरुषतर्फ दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० स्कोरले पराजित ग¥यो ।

 

मधेशले लुम्बिनी प्रदेशलाई ४–०, बागमतीले लुम्बिनीलाई २–१, मधेशले सुदूरपश्चिमलाई ४–० स्कोरले पराजित गरे ।

 

यस्तै कर्णालीले गण्डकी प्रदेशलाई २–० स्कोरले पराजित गर्न सफल भयो । 


 

यो पनि पढ्नुहोस

 

 

महिलातर्फ ३ खेल बराबरीमा सकिँदा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १–० स्कोरले पराजित ग¥यो । महिलातर्फ गण्डकी र बागमती, मधेश र कोशी तथा सूदुरपश्चिम र गण्डकी बराबरीमा रोकिए ।

 

यी तीन खेलमा दुवैतर्फबाट स्कोर हुन सकेन । महिला र पुरुष दुई इभेन्टमा सञ्चालन भएको प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाएका छन् । 

पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

थप पढ्नुहोस्

पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

थप पढ्नुहोस्

पोखरा ।   ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा रामघाट च्याम्पियन बनेको छ ।   पोखरा २९ भण्ढारढिक खेलमैदानमा भएको फाइनल खेलमा मिक्की ...

थप पढ्नुहोस्